विश्व

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या सात लाख १८ हजार नाघ्यो

सौर्य अनलाइन २०७७ साउन २३ गते १७:३० मा प्रकाशित

जेनेभा । विश्वभर कोरोना भाइरस संक्रमणको कारण सात लाख १८ हजार ७७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनका अनुसार शुक्रबारसम्म विश्वभरीमा एक करोड ९२ लाख ७९ हजार ७७ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

संक्रमितमध्ये हालसम्म एक करोड २३ लाख ७५ हजार ३७३ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६१ लाख ८५ हजार ६८० व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६५ हजार २६३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५० लाख ३२ हजार ५४७ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।

यस प्रकोपका कारण अमेरिकामा एक लाख ६२ हजार ८०५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।दक्षिण अमेरिकामा ४५ लाख ४४ हजार २५४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ एक लाख ५४ हजार ८९२ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ५९ लाख २० हजार ३५३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख २९ हजार ८८७ जनाको मृत्यु भएको छ । युरोपमा २९ लाख ९० हजार २३३ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ५ हजार ३९० को मृत्यु भएको छ ।

एसिया ४७ लाख ८६ हजार ९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक लाख ५ हजार ३४८ जनाको मृत्यु भएको छ । अफ्रिकामा दश लाख ११ हजार ८७६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २२ हजार ११४ जनाको मृत्यु भएको छ । ओसियानामा २२ हजार ११५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय