उपत्यकाभित्र कोरोना संक्रमित भेटिने ठाउँमा सिल गरिने

काठमाडौं । राजधानी उपत्यकाभित्र कोरोना संक्रमित भेटिने ठाउँमा सिल हुने भएको छ । कोरोना संक्रमणको  दर तीव्र भइरहेको समयमा मानिसको आवतजावतमा थप कडाइ गरिने भएको हो ।

काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमण दर दैनिक बढीरहेको छ । सोही सन्धर्वलाई मध्यनजर गरेर आगामी दिनको रणनीति तय गर्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बैठक बसेको थियो । यस्तै, जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक बाहेकका सेवा रोक्ने पनि सहमति भएको जनाइएको छ ।

जानकारी अनुसार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच सपिङ मल, व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भए–नभएको चेकजाँच गर्ने र पालना नगरी सञ्चालन भएकालाई बन्द गर्ने सहमति भएको छ । तर, तत्काल लकडाउन भने नहुने उनिहरुले बताएका छन् ।

प्रतिक्रिया