काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थानका रण अम्बिका शाह आंखा अस्पताल तथा रिसर्च सेन्टरलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई अटोरेफ्रेक्तोर मिटर र केरातोमिटर नामक उपकरण हस्तान्तरण गरेको छ ।
दृष्टीदोष पत्ता लगाईसकेपछि प्रयोग हुने चस्माको पावर जांचका लागि उक्त मेसिन प्रयोग गरिने अस्पतालले जनाएको छ । १० लाख १५ हजार मुल्य बरावरको रहेको उक्त उपकरण अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणालाई बैंकका प्रदेश नं ५ प्रमुख बिष्णु प्रसाद ज्ञवालीले हस्तान्तरण गरे ।
प्रतिक्रिया