मुक्तिनाथ बैंकको स्वतन्त्र सञ्चालकमा शर्मा

काठमाडौं । मुक्तिनाथ विकास बैंकको संचालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम श्यामसुन्दर शर्मालाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको छ । सरकारको उच्च पदमा रही विभिन्न मन्त्रालय अन्तर्गत करिव ३९वर्ष कार्य गरी सकेका उनी नेपालमा उहाँ एक व्यवस्थापनविज्ञको रुपमा परिचित छन ।

विभिन्न दातृ निकायहरुमा नीतिगत परामर्श दाताको रुपमा कार्य गर्दै आएका छन । मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३७ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथाकर्जा सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया