विश्व

भारतीय समाजवादी पार्टीका पूर्व नेता सिंहको निधन

सौर्य अनलाइन २०७७ साउन १८ गते १५:०५ मा प्रकाशित

नयाँदिल्ली । भारतको राज्यसभा सदस्य तथा समाजवादी पार्टीका पूर्व नेता अमर सिंहको निधन भएको छ । उनको उपचारका क्रममा सिंगापुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेता सिंहको सन् २०११ मा मृगौला प्रत्यारोपण गरिएको थियो । ६४ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ रहँदै आएका थिए । ‘वरिष्ठ नेता तथा सांसद अमर सिंहको असामयिक निधनको खबरले हामीलाई अत्यन्त दुःखित बनाएको छ,’ रक्षा मन्त्री राजनाथ सिंहले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया