कोरोनाबाट थप एक ५० वर्षीया महिलाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप एक ५० वर्षीया महिलाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ जना पुगेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएकी वीरगञ्ज– १६ नगवाकी ५० वर्षीया मृतक महिलामा कोरोना पुष्टि भएको उक्त अस्पतालले जनाएको छ ।

गत साउन १४ गते उपचारको लागि अस्पतालमा भर्ना भएकी ती मृतक महिलाको शुक्रबार स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो । उनी सुगर रोगबाट ग्रसित र निमोनिया तथा हाईपर टेनसन समेत रहेको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिए ।

प्रतिक्रिया