आज थपिए ३१५ जना संक्रमित, कुल संख्या २० हजार नाघ्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमित संख्या २० हजार नाघेको छ । शनिबार ३१५ जना संक्रमित थपिएसँगै २० हजार नाघेको हो । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ३१५ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या २० हजार ८६ जना पुगेका छन् ।

पछिल्लो पटक शनिबार ३१५ जना संक्रमित थपिएका हुन् । यसैगरी, १४ हजार ४९२ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ९३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा. गौतमले बताए । यही संक्रमित मध्येबाट ५६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया