हत्या भएको अवस्थामा पूरुषको शव फेला

काभ्रे । हत्या भएको अवस्थामा एक पूरुषको शव फेला परेको छ । काभ्रे जिल्लाको पाँचखाल नगरपालिका– १० बेला स्थित एक जना अपरिचित अन्दाजी ५० बर्षिय बृद्धको हत्या भएको अवस्थामा शव फेला परेको हो ।

शवको प्रकृति हेर्दा ढुंगा प्राहार गरि टाउको र अनुहार क्षतविक्षत भएको अवस्थामा छ । घटनास्थलमा पेटी, छातासमेत भेटिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

स्थानियले ति मृतक पूरुषको शव देखेपछि सूचना प्रहरीलाई गरेका थिए । अहिले घटनाको अनुसन्धान गर्न प्रहरीले शवको मुचुल्का गर्दै गरेको स्थानिय उकेश त्रिपाठीले बताए ।

उनका अनुसार मृत अवस्थामा भेटिएका ती व्यक्ति सो आशपासको नभएको बताएका छन् । शवको प्रकृति हेर्दा हत्या गरि झाडीमा फालिदिएको अवस्था देखिन्छ । प्रहरीका अनुसार घटना गएराती नै भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया