थप १९ जनामा कोरोना संक्रमण

काठमाडौं । चितवन र नवलपरासी पूर्वमा गरी १९ जना कोरोना संक्रमित थपिएका छन्।

भरतपुर अस्पतालको प्रयोगशाला चितवनमा गरिएको परीक्षणमा नयाँ संक्रमित थपिएका हुन् । थपिएका संक्रमितमा नवलपरासी पूर्वका ११ र चितवनका ८ जनामा रहेका छन् ।

नवलपरासी पूर्वको बुलिङटार गाउँपालिकाका ९ र कावासोती नगरपालिकाका २ जनामा संक्रमण देखिएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन्।

यस्तै चितवनका संक्रमित सबै माडी नगरपालिका १, ७ र ८ नम्बर वडाका रहेको प्रयोगशालाले जनाएको छ। दुवै जिल्लाका सबै संक्रमित क्वारेन्टाइनमै रहेका छन्।

प्रतिक्रिया