संक्रमितको संख्या १ करोड ३२ लाख नाघ्यो

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ३२ लाख २८ हजार नाघेको छ। यस्तै पछिल्लो २४ घण्टामा विश्वमा १ लाख ९४ हजार ५ सय जना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमितमा सबैभन्दा धेरै अमेरिकामा ६४ हजार बढीमा नयाँ संक्रमण पुष्टि भएको छ। यसै गरी भारतमा २८ हजार, ब्राजिलमा २१ हजार ७ सय, दक्षिण अफ्रिकामा ११ हजार ५ सय, रसियामा ६ हजार ५ सय, मेक्सिकोमा ४ हजार ४ सय, पाकिस्तानमा २ हजार ७ सय जना संक्रमित थपिएका अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

पछिल्लो २४ घण्टामा ब्राजिलमा ७ सय ७०, भारतमा ५ सय ४०, अमेरिकामा ४ सय ५२, मेक्सिकोमा २ सय ७६, दक्षिण अफ्रिकामा ९३ जनाको मृत्यु भएको छ। हालसम्म संक्रमितमध्ये ५ लाख ७४ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ भने ७६ लाख ९१ हजार बढी उपचारपछि स्वास्थ भएका छन्।

प्रतिक्रिया