आजबाट रुपन्देहीमा सार्वजनिक मेट्रो बस चल्न सुरु

काठमाडौं । आजबाट रुपन्देहीमा सार्वजनिक बस मेट्रो चल्न सुरु भएको छ । आइतबारदेखि लुम्बिनी मेट्रो प्रालिले लकडाउनका कारण थन्कीएर बसेका बसहरु पुनः सञ्चालन सुरु गरेको हो ।

उक्त कम्पनीले बुटवल–भैरहवा–सुनौली, बुटवल–बर्दघाट रूटसम्म मेट्रो बस सञ्चालन सुरु गरेको जनाएको छ । कम्पनीले सञ्चालन गरेको आठ वटा एसी मेट्रो बस बसले यात्रु ओसारपोसार गरेको जनाइएको छ ।

बसमा यात्रु चढाउनुअघि थर्मल गनबाट ज्वरो मापन, मास्क र स्यानिटाइजरको प्रयोग, बसभित्र भौतिक दूरी कायम गरिनेलगायत मन्त्रालयले जारी गरेको सबै मापदण्ड पूूरा गरी सुरक्षित तरिकाले यातायात सञ्चालन गरिने प्रालिले जनाएको छ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले २०७६ चैत ११ गते लकडाउन सुरु गरेपछि देशभर सार्वजनिक सवारीसाधन ठप्प छन् ।

प्रतिक्रिया