कोरोना निमिट्यान्न पार्न मुस्किलः डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस पूर्णरुपमा समाप्त पार्न मुस्किल हुने बताएको छ । विश्व स्वास्थ्य संगठनका इमर्जेन्सी प्रोग्राम प्रमुख डा. माइक रायनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो बारेमा जानकारी गराएका हुन् ।

जेनेभामा अनलाइन पत्रकार सम्मेलन गर्दै उनले भने, ‘अहिले विश्वमा जुन स्थिति देखिएको छ, त्यसलाई हेर्दा कोरोना भाइरसलाई निमिट्यान्न पार्न सकिन्छ जस्तो लाग्दैन ।’

विश्व स्वास्थ्य संगठनका अनुसार वितेको २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै बढी देखिएको छ । संगठनका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमित २ लाख २८ हजार १०२ जना थपिएका छन् ।

जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म १ करोड २४ लाख ५९ हजार ३६३ जना संक्रमित भेटिएका छन्। ५ लाख ५९ हजार ४३९ जना संक्रमितले ज्यान गुमाएका छन्।

प्रतिक्रिया