मेडोनाको शल्यक्रिया

न्युयोर्क । ६१ वर्षीया अमेरिकी गायिका मेडोनाको घुँडाको शल्यक्रिया भएको छ । उनले हालै इन्स्टाग्राममा सेयर गरेको तस्बिरमा उनी बैसाखीको सहारामा उभिएको देखिन्छन् । घुँडाको शल्यक्रियापछि उनी आफ्नो खुट्टामा धेरै दबाब नदिने मनसायले बैसाखीको सहारामा हिडिँरहेकी छन् । मेडोनले घुँडाको शल्यक्रिया गरेको लामो समयपछि तस्बिर सेयर गरेकी हुन् ।

उनी आफ्ना प्रशंसकलाई लगातार आफ्नो सेन्सेसनल मिडिया पोस्टमार्फत् चकित बनाइरहन्छिन् । फिटनेस र सुन्दरताको कुरा गर्ने हो भने उनी आफ्नो उमेरको आधा जस्तो देखिन्छन् । मेडोना सोसल मिडियामा सबैभन्दा धेरै सक्रिय रहने हलिउड सेलिब्रिटीमध्ये एक हुन् । बैसाखीमा उभिएको तस्बिरमा उनी टपलेस देखिएकी छन् ।

उनले आफ्नो शरीरलाई हातको सहाराले छोपेकी छन् । उनको फोटो सेयर भएको केही घण्टाभित्रै ६ लाखभन्दा बढीले लाइक र सेयर गरेका छन् । तस्बिर सेयर गर्दै मेडोनाले लेखिकी छन्, ‘सबैसँग एउटा बैसाखी हुन्छ ।’ उनको यो तस्बिरको कमेन्ट बक्समा उनका एक प्रशंसकले लेखे, ‘तपाईं निकै स्वतन्त्र र पहिलेको भन्दा निकै राम्रो देखिरहनुभएको छ । यो देखेर राम्रो लाग्यो ।’ यस्तै अर्का एक व्यक्तिले कमेन्टमा लेखे, ‘यो तस्बिर देखेर त मेरो सासै अड्कियो ।’

प्रतिक्रिया