दुर्गेसको गीत विवादमा

कास्की । गायक दुर्गेश थापाले ल्याएको पछिल्लो तिज गीत ‘एउटा फोटो खिच’ विवादमा परेको छ । यस वर्षको तिजलाई लक्षित लोक पपशैलीमा ल्याएको उक्त गीतको शब्द चोरी आरोप लागेको हो । गायक दुर्गेशको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत लोक कवि अली मियाँको गीतको अन्तरा हुबहु चोरी गरेको आरोप अली मिया लोक वाङ्मय प्रतिष्ठानले लगाएको छ ।

गत वर्षको तिजको अवसर पारेर उनले ल्याएको ‘हामी पनि नाच्नुपर्छ बिच्चबिच्चमा’ गीत निकै चर्चित भएको थियो । देउँसीभैलोको सन्दर्भलाई जोडेर उनले ‘ह्याप्पी तिहार’ गीत ल्याए । जुन गीतमा राखिएको शब्दमा आपत्ति जनाउँदै उजुरी नै प¥यो र उनी प्रहरीमा समेत पुग्नुपरेको थियो । यस पटक ‘बिच्च बिच्चमा–२’ गीत सार्वजनिक भएलगत्तै चोरीको आरोप लागेको छ ।

उनीमाथि ‘आकासमै बादलु डम्मै छ’ अन्तरा हुबहु चोरी गरेको आरोप छ । चालिसको दशकमा सार्वजनिक उक्त गीतको तेस्रो अन्तरामा गायक दुर्गेशले उक्त शब्द प्रयोग गरेका छन् । उक्त गीतमा गायिका हरिदेवी कोइराला र प्रेमराजा महतले आवाज रहेको छ ।  यसैबीच गायक दुर्गेशले आफूले सानोछँदा गाउँघरमा उक्त भाकाको गीत सुनेको बताउँदै त्यसलाई जानेरै प्रयोग नगरेको जिकिर गरे । उनले आफुले पछिल्लो पटक गाएको गीत पहिले गाउँघरमा गाएको बताए ।

उनले अलि मियाँको उक्त गीत नसुनेको जनाउँदै गीतमा रहेको शब्द आइसकेपछि मात्रै थाहा पाएको सुनाए । उनले भने, ‘पहिले पहिले बच्चामा हामीले गाइन्थ्यो । यो बच्चामा गाएको गीत हो । सानोमा गाएको भनेर प्रयोग ग¥यौ । संयोगले उहाँसँग मिल्न गएछ ।’ गायक दुर्गेशले आफूले थुप्रै गीत बनाएको सुनाउँदै त्यतिका लागि आफूलाई चोर्नु पनि आवश्यक नभएको बताए । उनले थपे, ‘मैले थाहा पाएर यसो गरेको पनि होइन । खासमा हामी तीन जना मिलेर बनाएका हौंं ।’

प्रतिक्रिया