फेरि सुरु भयो प्रधानमन्त्री ओली र प्रचण्डको ‘वान टु वान’ वार्ता

काठमाडौं । आज फेरि बालुवाटारमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ‘वान टु वान’ वार्ता सुरु भएको छ ।

केही दिन अघिदेखि प्रम ओली र अध्यक्ष प्रचण्डबीच पटक–पटक वार्ता भइरहेको छ । आफ्ना पार्टीभित्रै विवादित बन्दै गएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बिहान ११ बजे बस्न भनिएको स्थायी कमिटी बैठक पनि स्थगित भएर २६ गतेसम्मको लागि सरेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई नेकपाबाटै दुवै पद छाड्न दवाव परेपछि स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको हाे । उक्त विवादकै कारण सहमतिको लागि अध्यक्ष तथा प्रम केपी ओली र प्रचण्ड बीच बारम्बार छलफल भए पनि त्यसको निस्कर्षमा पुग्न सकेको छैन ।

प्रतिक्रिया