किरिया बसेकी महिलासहित १० जनामा कोरोना

काठमाडैं । सोमवार एकैदिन भक्तपुरमा पतिको किरिया बसेकी महिलासहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगैँ भक्तपुरमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ।

जनस्वास्थ्य कार्यालय भक्तपुरका अनुसार सोमवार भक्तपुरमा थपिएका संक्रमितहरु मध्ये भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी र चाँगुनारायण नगरपालिकाका ४–४ जना र सूर्यविनायक नगरपालिकाका २ जना हुन। चाँगुनारायण नगरपालिकाका ४ संक्रमित मध्ये एक जना किरिया बसेकी महिला भएको चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए।

पतिको निधनपछि किरिया बसीरहेका बागेश्वरीका महिलामा कोरोना पुष्टि भएको उनले बताए। पतिको उपचारका लागि अस्पतालमा कुरुवा बसेकी ती महिलामा अस्पतालबाटै कोरोना संक्रमण भएको हुन सक्ने नगरप्रमुख मिश्रले बताए ।

संक्रमित महिलाका पति क्यान्सर पिडित भएको र उनको उपचारका क्रममा ६ दिन अघि मृत्यु भएको थियो। किरियामा रहेकी संक्रमित महिलालाई घरमै आइसोलेसन गरेर राखिएको र परिवारका अन्य सदस्यहरुलाई पनि घरमै क्वारेन्टाइनमा राखिएको छ । मिश्रका अनुसार किरिया सकिएपछि उपचारका लागि अस्पताल पठाइछ ।

चाँगुनारायण नगरपालिकाका थपिएका ४ मध्ये एक जना लामो समयदेखि काठमाडौंको चावहिलमा बस्दै आएका व्यक्ति भएको जनाइएको ।

प्रतिक्रिया