‘मुन्छे झिल्के–झिल्के’ मा पशुपति र सरस्वतीकाे आवाज

काठमाडौं । लोकदोहोरी गायक पशुपति शर्मा र गायिका सरस्वती लामिछानेको तिजगीत ‘मुन्छे झिल्के–झिल्के’ सार्वजनिक भएको छ । शर्माकै युट्युब च्यानल पशुपति शर्माबाट सार्वजनिक भएको यो गीतमा गायक शर्माकै शब्द र संगीत रहेको छ ।

गीतमा तारानाथ आचार्यको एरेन्ज रहेको छ । सम्झना बुढाथोकी र महेन्द्र गौतमको अभिनय रहेको गीतको भिडियोको दुर्गा पौडेलले निर्देशन गरेका छन् । भिडियोमा माधव श्रेष्ठको कोरियोग्राफी र नवीन घर्तीमगरको सम्पादन रहेको छ ।

प्रतिक्रिया