गण्डकी प्रदेशमा थपिए ३२ कोरोना संक्रमित

काठमाडौं । गण्डकी प्रदेशको चार जिल्लामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३२ जना संक्रमितहरु थपिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।

नयाँ संक्रमितमध्ये नवलपरासी पूर्वका १९ जना , तनुहँका ९ जना, पर्वतका ३ जना र बागलुङका १ जना रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया