बङ्गलादेशमा डुङ्गा दुर्घटना, २३ जनाको मृत्यु

एजेन्सी । बङ्गलादेशको राजधानी ढाकाको बुरिगाङगास्थित एक नदीमा सोमबार विहान भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा २३ जनाको मृत्यु भएको छ ।

सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको उक्त घटनामा अन्य कैयौं बेपत्ता भएको उद्धारकर्ताहरुले जनाएका छन् ।

उक्त दुर्घटनाका २३ जनाको शव जलक्षेत्रबाट बाहिर निकालिएको सरकारी अधिकारी इनायट हुसेनले जानकारी दिएका छन् । दुर्घटनामा परेको उक्त डुङ्गामा ५० जना सवार रहेको अनुमान गरिएको पनि हुसेनले बताएका छन् ।

प्रतिक्रिया