क्योकुशिन कराँतेका अन्तराष्ट्रिय खेलाडी लामाको निधन

काभ्रे । काभ्रेको शान नेपाली खेलकुद जगतका कुशल तथा निडर क्योकुशिन कराँतेका राष्ट्रिय तथा उसुका अन्तराष्ट्रिय खेलाडी बिरमान लामा (बाइवा) को निधन भएको छ । उनको काभ्रेस्थित बेथानचोक वडा नम्बर ६ मा असार १४ गते बिहान अबेरसम्म पनि नउठेपछि परिवारका सदस्यले उठाउँन खोज्दा आफ्नै निवासमा मृत अवस्थामा फेला परेका थिए ।

बेथानचोक गाउँपालिका वडा नम्बर ६ मेधाम्सुमा जन्मिएका बिरमान बिगत २ दशक यता खेलकुदमा आवद्ध थिए । उनी एक दशकसम्म नेपालको राष्ट्रिय विजेता रहेका थिए । क्योकुशिन कराँतेका राष्ट्रिय विजेता उनले क्योकुशिन कराँतेबाट नै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागी भइ प्रायः खेलमा विजयी हासिल गरेका छन् ।

उसु खेलाडी बीरमान वाइबाको आइतबार असमायिक निधन भएपछि क्षति काभ्रेको मात्रै नभई पुरै खेलकुद क्षेत्रमा पुगेको बताइएको छ । उनको मृत्युको कारण भने खुलेको छैन । सामान्य र स्वस्थ रहेका उनी शनिबार फुटबल खेलेर खाना खाई सुतेको र बिहान मृत अवस्थामा फेला परेको परिवारले जनाएको छ ।

राखेप च्याम्पियनसिप जितेर सन् २०१८ को एसियन खेलमा छनौट भएर इन्डोनेसिया पुगे पनि विवादको कारण उनले खेल भने खेल्न पाएका थिएनन् । त्यसपछि भने उनले उसु खेल खेलेका थिएन् । यसअघि उनी क्योकुसिन कराँते खेलाडी थिए ।

प्रतिक्रिया