गण्डकी प्रदेशमा थपिए ३२ कोरोना संक्रमित

काठमाडौं । शनिबार बिहान गण्डकी प्रदेशमा ३२ जना कोरोना संक्रमित थपिएका छन् । यसँगै प्रदेशमा संक्रमितको संख्या ८३८ पुगेको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा बाग्लुङ, स्याङ्जा र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का व्यक्तिमा संक्रमण पुष्टि भएको हो।

नयाँ संक्रमितमा बाग्लुङको ढोरपाटन नगरपालिकाका एक पुरुष र काठेखोला गाउँपालिकाका सात पुरुष रहेका छन् । यस्तै, स्याङ्जाको पुतलीबजार नगरपालिकाका एक पुरुष, विरुवा गाउँपालिकाका एक पुरुष र अर्जुनचौपारी गाउँपालिका १२ महिलो बालकसहित १३ पुरुष र ६ जना महिलामा संक्रमण पुष्टि भएको हो।

यसै गरी वालिङ नगरपालिकाका एक पुरुषमा पनि संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिकाका दुई पुरुषमा संक्रमण देखिएको हो । वालिङ नगरपालिका र हुप्सेकोट गाउँपालिकाका व्यक्तिहरु आइसोलेसनमै रहेका छन्। अन्य संक्रमितहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया