कोरोनाबाट नेपालमा थप एकको मृत्यु, मृतककाे संख्या २५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरुष रहेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनको बुधवार राती मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ। प्रतिष्ठानका अनुसार गत असार ८ गते अस्पतालमा भर्ना भएका उनको सघन कक्षमा राखेर उपचार भइरहेको थियो।

मृतक पुरुषमा मधुमेह र निमोनियाको समेत समस्या रहेको अस्पतालले जनाएको छ। कोभिड–१९ पोजेटिभ भई उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका यी पुरुष दोस्रो व्यक्ति हुन्। यस अगाडि पनि स्याङ्जाकै कोरोना पोजेटिभ एक पुरुषका मृत्यु भएको थियो।

प्रतिक्रिया