पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदीमा कोरोना पुष्टि

एजेन्सी । पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदीमा कोरोना पुष्टि भएको छ ।पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका अलराउन्डर खेलाडी अफ्रिदीले शनिबार आफू कोरोनासंक्रमण पुष्टि भएको बताएका हुन् ।

‘म गत बिहीबारदेखि राम्रो महसुस गरिरहेको थिइनँ, मेरो शरीरले खराब प्रतिक्रिया देखाएको थियो र मैले परीक्षण गरेँ, दुग्भाग्य ममा कोरोना पोजेटिभ देखियो,’ उनले ट्वीटरमा लेखेका छन् ।

अफ्रिदी कोभिड–१९ बाट संक्रमित हुने क्रिकेट दुनियाँकै पहिलो ठूला सेलिब्रेटी हुन् । १९९६ देखि २०१८ सम्म उनले पाकिस्तानी क्रिकेट टोलीका लागि खेलेका थिए । आक्रामक ब्याट्सम्यान अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३ सय ९८ एकदिवसीय र ९९ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

प्रतिक्रिया