खेल-खेलाडी

भर्चुअल तेक्वान्दोमा नेपाललाई दुई स्वर्ण

सौर्य अनलाइन २०७७ जेठ २७ गते १४:१२ मा प्रकाशित

काठमाडौं । भर्चुअल तेक्वान्दोतर्फ अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण पदक जितेको छ । प्रतियोगितामा नेपालका लक्ष्मण ऐर र दावा शेर्पाले स्वर्ण जितेका हुन् ।

युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान र पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डद्वारा आयोजित प्रतियोगितामा नेपालका सस्मिता केसी र अर्जुन तामाङले रजत तथा रेशमाया गुरुङले कास्य पदक जिते ।

उक्त प्रतियोगितामा नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए । तेह्र सदस्सीय निर्णायक मण्डलमा एसियाबाट खड्का एक्लो निर्णायक रहेको नेपाल तेक्वान्दो संघले जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय