दैलेखको क्वारेन्टाइनमा एकको मृत्यु, रिपोर्ट आउन बाँकी

                                     दुल्लु नगरपालिका– ७ स्थीत नेपाल विद्युत प्राधिकरण भवन

दैलेख । दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नं ११ का एक जना व्यक्तिको मृत्यु भएको छ । शनिबार बिहाना उनको दुल्लु नगरपालिका– ७ स्थीत नेपाल विद्युत् प्राधिकरण भवनको क्वारेन्टाइनमा मृत्यु भएको हो ।

मृत्यु कुन कती कारणले उनको भएको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  गत जेठ ९ गते भारतको गुजरातबाट नेपाल आएका दुल्लु नगरपालिका वडा नं ११ खागितडाका ३५ वर्षिय व्यक्तिको शनिबार बिहान चिया पिएर आराम गरिरहेको र एक्कासी मृत्यु भएको खबर खाएको दुल्लु वडा नं ७ का वडाध्यक्ष लालबहादुर रावतले बताए ।

उनको कोरोना परिक्षणको लागि शुक्रबार स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । यसको रिपोर्ट शनिबार दिउँसो आउने भएकाले उनको कोरोनाको कारण वा अन्य कुनै कारणले मृत्यु भएको भन्न बारेमा थप जानकारी आउन बाँकी रहेको दुल्लु अस्पतालकी प्रमुख डा. पूजा विसी जानकारी दिइन् ।

प्रतिक्रिया