प्रदेश ५ मा थप ११ जनामा कोरोना

कपिलवस्तु । प्रदेश नम्बर ५ मा ११ जना कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ प्रयोगशालामा भएको कोरोना परीक्षणवाट ११ कोरोना संक्रमित थपिएका हुन् ।

प्रतिष्ठानले बिहीबार साँझ जारी गरेको विज्ञप्तिअनुसार थपिएका संक्रमितमध्ये कपिलवस्तुका नौ र दाङका दुइैजना छन्। कपिलवस्तुको विजयनगर गाउँपालिका–३ का २३ र ३० वर्ष, वडा नम्बर ५ का २६ वर्षका एकजना र विजयनगर गाउँपालिका–७ को १७, ३७, ३९, ४०, ४३ र ५२ को रहेका छन्। संक्रमितहरु सबैजना पुरुष हुन्।

उनीलाई रामनरेश मावि क्वारेन्टाइनमा राखिएको जनाइएको छ । यसैगरी दाङको गडवा गाउँपालिका १ को २८ वर्षीय र वडा नम्बर २ को वर्ष ४१ वर्षीय पुरुष रहेका छन्। थपिएका नयाँ संक्रमितसँगै कपिलवस्तुमा ११८ जना र दाङमा २२ जनामा कोरोना पुष्टि भएको छ। १५३ नमुनामध्ये १४२ जनाको नजिता नेगेटिभ आएको छ।

प्रतिक्रिया