सर्वेन्द्र खनाल र महेश बस्नेतविरूद्ध मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । जन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले आफूलाई अपहरण गरेको भन्दै पूर्वआइजिपी सर्वेन्द्र खनाल, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठविरूद्ध मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

सांसद यादवलेआफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै बिहीबार आयोगमा उजुरी दिएका हुन् । मानव अधिकार आयोगले सांसद यादवले दिएको उजुरी बुझेको छ ।

यसअघि महानगरीय प्रहरी परिसर र सरकारी वकिल कार्यालय काठमाडौंमा किटानी जाहेरी दिए पनि दुवै पक्षले दर्ता गर्न मानेको थिएन । आज पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय पुगेर सांसद यादवले उजुरी दिएका हुन्।

प्रतिक्रिया