रौतहटका थप दुईजना पुरूषमा कोरोना पुष्टि

काठमाडौं । चोरबाटो हुँदै भारतबाट नेपाल आएका रौतहटका थप दुई जनामा कोरोना पुष्टि भएको छ । उनिहरुको मंगलबार काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा रौतहटको वृन्दावन नगरपालिका– ९ बस्ने २४ वर्षीय र देवाही गोनाही नगरपालिका– १ बस्ने ३५ वर्षीय दुई जना पुरूष रहेका छन् । जानकारी अनुसार भारतको कलकत्ताबाट आएका उनिहरुलाई चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेन्टाइनमा राखेर गत बैशाख ६ गते घर पठाइएको थियो ।

साथै, काठमाडौंस्थित केन्द्रीय प्रयोगशालामा पुनः परीक्षणपछि कोरोना पुष्टि भएको छ । ती दुई जनासँगै अहिलेसम्म नेपालमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने तीमध्ये १६ जना उपचारपछि निको भएर अस्पतालबाट घर फर्किएका छन् ।

प्रतिक्रिया