समाजवादी र राजपाको दल दर्ता रोक्न निर्वाचन आयोगमा उजुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन युवा संघले संघीय समाजवादी पार्टी र राजपा नेपालको एकता प्रक्रिया तथा दल दर्ता रोक्न निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ ।

आइतबार युवा संघका केन्द्रीय सदस्य अमित लामाले दल दर्ता रोक्न भन्दै उजुरी दर्ता गराएका छन् । समाजवादी पार्टीले युवा संघका पूर्व अध्यक्ष महेश बस्नेतसहित पूर्व आईजिपी सर्वेन्द्र खनाल र नेकपाका अर्का सांसद किसान श्रेष्ठविरुद्ध अपहरणको जाहेरी दिएपछि उक्त दल दर्ताविरुद्ध निवेदन दर्ता गरिएको हो ।

प्रतिक्रिया