एकैदिन उदयपुरमा ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ४० पुग्यो

काठमाडौं । उदयपुरमा एकैदिन ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुको जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको हो।

सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा पोजेटिभ भेटिएपछि थप परीक्षण गर्न धरान अस्पताल पठाइएको थियो । योसँगै नेपालमा संक्रमित हुनेको संख्या ४० पुगेको छ । जसमा ४ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया