सेनाले गर्यो स्वास्थ्य सामग्री ल्याउन २ अर्ब २५ करोड बढीको सम्झौता

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामसम्बन्धी चीनबाट स्वास्थ्य सामग्री ल्याउन नेपाली सेनाले २ अर्ब २५ करोड बढीको सम्झौता गरेको छ । करिब १ करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री चीनबाट नेपाल ल्याउन सम्झौता भएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

प्रवक्ता पाण्डेका अनुसार ३ सय ४२ टन कोरोना सम्बन्धी स्वास्थ्य सामग्री नेपाल आउँने छ । जि–टु–जी प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिद सम्झौता गरिएको सेनाले जनाएको छ । यसअघि स्वास्थ्य सेवा विभागले पनि तीन वटा कम्पनीसँग झन्डै ३० करोडको स्वास्थ्य सामग्री खरिदका लागि सम्झौता गरिसकेको थियो ।

प्रतिक्रिया