हिउँदे अधिवेशन राति १२ बजेदेखि अन्त्य हुने

काठमाडौं । संघीय संसदको पाचौं (हिउँदे) अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य हुँदैछ । संसद् सचिवालयले सोमबार सूचना टाँसेर अधिवेशन अन्त्यको घोषणा गरेको हो ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्यसम्बन्धी पत्र संसद् सचिवालयमा पठाएकी हुन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

गएको ४ पुसबाट सुरु भएको अधिवेशन ११० दिन चलेको थियो । यो अवधिमा दुवै सदनबाट जम्मा चारवटा विधेयक पारित भएका छन् ।

दुवै संसदबाट पारित भएका विधेयकमा प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयक, शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, राजश्व चुहावटसम्बन्धी र औद्योगिक व्यवसाय प्रतिष्ठानसम्बन्धी विधेयक छन् ।

प्रतिक्रिया