राष्ट्र बैंकको गभर्नरमा अधिकारी नियुक्त

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको नयाँ गर्भनरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।अधिकारीलाई गभर्नर छनौट सिफारिस समितिले गरेको सिफारिसका आधारमा राष्ट बैंकको गर्भनर नियुक्त गरेको जनाइएको छ ।

अधिकारी नेपाल राष्ट्र बैंकको १७ औँ गभर्नर भएका हुन् । यसअघि गर्भनर सिफारिस समितिले अधिकारीसहित पूर्वअर्थसचिव डा. राजन खनाल र चिन्तामणि सिवाकोटीको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया