खोजखबर

२१ दिन क्‍वारेन्टाइन बस्‍नाेसः मुख्यमन्त्री भट्ट

सौर्य अनलाइन २०७६ चैत २३ गते १९:५० मा प्रकाशित

काठमाडौं । सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आइतवार प्रदेशबासीलाई सम्बोधन गर्दै भारतलगायत विदेशबाट आएका नागरिकलाई २१ दिनसम्म क्‍वारेन्टाइनमा बस्‍न आग्रह गरेका छन्।

सम्बोधनका क्रममा मुख्यमन्त्री भट्टले कोभिड–१९ फैलिन नदिन विदेशबाट आएका र उनीहरुसँग सम्पर्कमा पुगेका नागरिकलाई २१ दिनसम्म क्‍वारेन्टाइनमा बस्‍न आग्रह गरेका हुन्।

सेती प्रादेशिक अस्पताललाई कोरोना भाइरसको उपचार गर्न विशेष अस्पतालका रुपमा घोषणा गरेको बताएका छन् । सुदूरपश्चिमबासीलाई विशेष सम्वोधन गर्दे उनले सो कुरा बताएका हुन् ।

सुदूरपश्चिममा ४ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भइसकेको अवस्थामा उनले सामूहिक प्रयासले मात्रै कोरोनाबाट छुटकारा पाइने भएकाले लकडाउनलाई पूर्णरुपमा पालना गर्न र घरभित्रै बस्न आह्वान गरे । भारतबाट आएका नागरिकहरु तत्कल परिवार र समाजसँग घुलमिल नभइ अनिवार्यरुपमा २१ दिन क्वारेन्टाइनमा बस्न पनि उनले आग्रह गरेका छन् । उनले लकडाउन अवधिभर समस्यामा परेका मजदुर, असहाय, विपन्नका लागि सरकारले राहात उपलव्ध गराउन लागेको समेत बताए ।

सम्बोधनका क्रममा उनले भारतवाट आएका नागरिकको डाटा संकलन गरी क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने र लकडाउनको समयमा नेपाल प्रवेश गर्न नपाएका नागरिक लागि भारतीय अधिकारी र नेपालका अधिकारी बीच समन्वय भई नाकामा नै क्वारेन्टाइन निर्माण गरी व्यवस्थापन गरेको बताए ।

सुदूरपश्चिम प्रदेशका ३ वटा अस्पतालमा कोरोना भाइरस परीक्षण ल्याव स्थापना गर्ने निर्णय अनुसार सेती प्रादेशिक अस्पतालमा निर्माण गरिसकेको र जिल्ला अस्पताल डोटी र बैतडीमा स्थापनाका लागि संघीय सरकारसँग कुरा भइरहेको जानकारी दिए ।

क्वारेन्टाइनमा बसेका नागरिकको व्यवस्थापनसहित सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र कोरोना भाइरस संक्रमितको व्यवस्थापनका लागि प्रदेश सरकारले ४० करोडको कोष स्थापना गरेको बताउँदै सो कोषमा बैंक निजी क्षेत्र, संघसंस्था लगायतबाट सहयोग जुटिरहेको बताएका छन् ।

उनले प्रदेशसरकारले क्वारेन्टाइन निर्माण लगायका अति आवश्यकीय वस्तुको व्यवस्थापनका लागि उपमहानगरपालिकालाई ५ लाख, नगरपालिकालाई ४ लाख र गाउँपालिकालाई ३ लाखका दरले वितरण गरेको समेत बताए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय