खोजखबर

राज्यमन्त्री नै रासनस लिएर मजदुरको डेरामा पुगेपछि…

सौर्य अनलाइन २०७६ चैत २३ गते १२:५६ मा प्रकाशित

काठमाडौं । लकडाउनका कारण काममा निस्कन नपाएर तथा भोकै परेका श्रमिक परिवारको डेरामा रासनसहित शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पुगेका छन् ।

‘लकडाउनको समयमा कोही पनि भोकै बस्नु पर्दैन, हामी साथमा छौँ’ भन्ने घोषणालाई कार्यान्वयन गर्न राज्यमन्त्री मानन्धर पर्सा घर भई चन्द्रागिरि नगरपालिका १३ मा डेरा गरी बसेका जौआद हुसेनको परिवारलाई खाद्यान्न सहयोग गर्न पुगेका हुन् ।

हुसेनको परिवारले राज्यमन्त्री मानन्धरलाई खाद्यान्न अभाव भएको खबर गरेपछि मानन्धर त्यहाँ पुगेको उनको सचिवालयले जनाएको छ । खाद्यान्न पाएपछि हुसेनको परिवार निकै भावुक बनेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय