हेलिकप्टरबाट अस्पताल लगिएका वडाध्यक्षको निधन

पाँचथर । बिरामी भएर उपचारको लागि हेलिकप्टरबाट अस्पताल लगिएका पाँचथर जिल्ला फिदिम नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलाराज तुम्वापोको शुक्रबार निधन भएको छ ।

वडाध्यक्ष तुम्वापो एक हप्ता अघिदेखि बिरामी भएका थिए । सिकीस्त अवस्थामा रहेका उनलाई हेलिकप्टरबाट लगेर झापाको विएनसी अस्पतालमामा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा वडाध्यक्ष तुम्वापोको शुक्रबार दिउँसो निधन भएको नेकपाका जिल्ला अध्यक्ष राजकुमार भण्डारीले जानकारी दिए । उनको आइसियुमा राखेर उपचार भइरहेको थियो । वडा अध्यक्ष तुम्वापो नेकपाको राष्ट्रिय युवासंघ पाँचथरका सह संयोजकसमेत रहेका थिए ।

प्रतिक्रिया