लगकडाउनका बेला हुम्लामा खाद्यान्न अभाब हुन नदिन सीता यअर लाई अनुमति

हुम्ला । कोरोना भाइरसको संक्रमण फैलन सक्ने त्रासका कारण देशभर भएको लकडाउनमा स्थानियलाई खाद्यान्न सामाग्रीमा समस्या नपरोस् भन्ने उद्देश्यका साथ बुधबारबाट नेपाल खाद्य संस्थानले हुम्लामा खाद्यान्न ढुवानी सुरु गरेको छ । सडक सञ्जाल नभएको एक मात्र जिल्ला हुम्लामा नेपालगञ्ज र सुर्खेत विमानस्थलबाट चामल हवाई मार्गबाट ढुवानी सुरु भएको हो ।

सिता एयरको 9N AHB, 9N AJH, 9N AHR विमानबाट नेपालगञ्ज र सुर्खेत विमानस्थलमा रहेको नेपाल खाद्य संस्थानको सम्पर्क कार्यालयबाट हुम्लामा खाद्यान्न सामाग्री ढुवानी सुरु गरिएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको अनुमतिबाट जिल्लामा खाद्यान्न आर्पूित व्यवस्थालाई सहज बनाउन हवाई मार्गबाट खाद्यान्न ढुवानी गरेको छ । सीता एयरलाई अनुमति प्रदान भएपछि बुधबारबाट खाद्यान्न ढुवानी सुरु भएको हो ।

सिता एयरको 9N AHB, 9N AJH, 9N AHR ३ वटा जहाजबाट होटेल रोमियो, होटेल बराबर र जुलेट रोमियोको सिमकोटमा रहेको विमानस्थलमा ६ वटा उडान भरेको छ । ५५ क्वीन्टल चामल बुधबार सिमकोटमा पुगेको नेपाल खाद्य संस्थान कार्यालय शाखा हुम्लाले जनाएको छ । खाद्यान्न आपूर्तिलाई ध्यानमा राखी उक्त उडान भएको सिता एयर सिमकोट स्टेशनका प्रमुख छेपेल लामाले बताए । अहिले लकडाउनका कारण अन्य यात्रुलाई भने उडानमा अनुमती नभएको लामाको भनाई छ ।

त्यस्तै, विमानस्थलमा कर्मचारीलाई काम गर्नको लागि मास्क तथा ग्लोभ्सलगायतका सामानको प्रयोग गरी होसियारीको साथमा काम भइरहेको छ भने सुरक्षा कडा बनाईएको छ । विमान कम्पनीका कर्मचारी, सुरक्षा निकाय र नेपाल खाद्य संस्थानको कर्मचारी बाहेक अन्यलाई विमानस्थल प्रवेशमा रोक लगाईएको छ ।

खाद्यान्न आपूर्तिको लागि सहज होस् भन्ने उद्देश्यका साथ हुम्ला जिल्लाका संघीय सांसद छक्कबहादुर लामाको पहलमा भएको उडानका क्रममा हुम्ली जनतालाई दैनिक उपभोग्य वस्तुको अभाव नहुनको लागि सरकारलाई अनुरोध गरिएको जानकारी दिए । जनताको बाँच्ने तथा खान र लाउन पाउने अधिकारलाई सुनिश्चित गर्नको लागि आफू लागिपरेको लामाको भनाई छ । त्यसैगरी जुम्लामा रहेको नेपाल साल्ट ट्रेडिङ कर्पोरेशनबाट नुनको ढुवानीसमेत हुने भएको छ ।

जिल्लाका अन्य भागमा भने हाल खाद्यान्नको आपूर्ति नभएता पनि सिमकोटमा ढुवानी हुनाले जिल्लाका ३ वटा गाउँपालिकालाई सहज खाद्यान्न आपूर्ति हुने भएको छ । सर्केगाड, चंखेली, अदानचुली र ताँजाकोटको लागि भने विशेष व्यवस्था मिलाईने र सडक मार्गबाट वा खच्चरको माध्यमबाट ढुवानी सुरु गर्नको लागि पहल भइरहेको सांसद लामाले बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णालीका जनतालाई रोग र भोकको सन्त्रासबाट टाढा राखिने बताए । हेलिकोप्टर वा कुनै माध्यमबाट औषधि र खाद्यान्नको आपूर्ति सहज बनाउन कर्णाली प्रदेश सरकार लागीरहने उनले बताए ।

जनताको माग पूरा गर्नका लागि कुनै पनि चुनौती सामना गर्न आफू तयार रहेको सामाजिक विकास मन्त्री दल रावले बताए । सबैभन्दा पहिलो प्राथमिकता जनतालाई जोगाउने लक्ष्य रहेको जिकिर गर्दै मन्त्री रावलले रोग र भोकको बारेमा कुनै चिन्ता नलिन स्थानियलाई आग्रहसमेत गरे । नेपाल खाद्य संस्थान सिमकोट शाखामा अहिले एक महिनाको लागि पुग्ने खाद्यान्न सामाग्री भएता पनि आउने महिनामा सहजरूपमा विक्रि वितरणको लागि ढुवानी सुरु भएको हो ।

प्रतिक्रिया