गरिब परिवारलाई खाद्यान्न सामाग्री वितरण

कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिका वडा नं.५ मा रहेका विपन्न तथा गरिब घरपरिवारलाई खाद्यान्नका सामाग्री वितरण गरिएको छ । नेपाल सरकारले जारी गरेको लकडाउनको समयमा ज्यालामजदुरी गर्न नपाएर नाजुक अवस्थामा पुगेका विपन्न परिवारलाई एक–एक बोरा चामल, एक–एक केजि दाल, एक–एक प्याकेट तेल, दुई–दुई चक्की सावुन वितरण गरिएको हो ।

यस्तै, सोही वडाका सबै परिवारलाई पुग्ने गरी २५ सय माक्स वितरण गरिएको छ । वडा नं. ५ का वडा अध्यक्ष एवं राष्ट्रिय युवा संघका केन्दी्रय सदस्य केशनबहादुर शाहीको अगुवाईमा सामान वितरण गरिएको हो । महामारीको रूपमा फैलिँदै गएको कोरोना भाइरस नियनत्रण तथा रोकथामका लागि सरकारले लकडाउन सुरु गरेसँगै छाक टार्न हम्यहम्य हुने गरिब परिवारका ११ जनालाई चामल, दाल, तेलसहित अन्य खाद्यान्न सामान वितरण गरिएको वडा अध्यक्ष शाहीले बताए ।

शाहीका अनुसार वडा नं. ५ का सबै घरधुरीलाई साबुन, सेनिटाइजर, माक्स, कोरोनासम्बन्धि जानकारीमूलक पोष्टर, पम्पलेट पनि घर–घरमा बाँडेका छन् । भारत तथा अन्य देशबाट आउने नागरिकहरूलाई चेकजाँचपछि मात्र क्वारेन्टाईनमा राख्ने गरेको शाहिले बताए । कोरोनाको महामारीबाट बच्न सबैले सक्दो सहयोग गर्नुपर्ने उनको भनाई थियो ।

शुभकालिकका गाउँपालिका ५ मा आउने कोरोना संक्रमितका लागि रारा काटियामा क्वारेन्टाइनको व्यवस्था गरिएको छ । खाद्यान्नका सामान पाउँदा स्थानियबासीहरु हर्षित देखिएका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया