राहतका नाउँमा मनलाग्दी गर्न रोक

सुर्खेत । वीरेन्द्नगर नगरपालिकाले विभिन्न संस्थाका नाउँमा मनलाग्दी तरिकाले राहतका नाउँमा सामाग्री वितरण गर्न रोक लगाएको छ । नगरपालिकाका कार्यवाहक नगर प्रमुख मोहनमाया ढकाल तथा प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालद्वारा हसताक्षरित विज्ञप्तीमा नगर भित्र अनुमति विना नै यस्तो रकम र सामाग्री वितरण गरिएको बारे गुनासो आएको उल्लेख गरिएको छ ।

‘विभिन्न बस्तिहरूमा राहत एवं सुरक्षा सामाग्रीहरू वितरण गराउने तथा प्रचारप्रसारका कार्यहरू गर्ने गरेको गुनासो नगरपालिकामा प्राप्त हुन आएकोले यसरी आफूखुशी यस प्रकारको काम गर्दा संक्रमण व्यवस्थापनमा दोहोरोपना आउने, कोरोना संक्रमण झनै फैलिने जोखिम भएको र उक्त क्रियाहरु र काम लक्षित वर्गसम्म प्रभावकारी नहुने देखिएकोले यस संकटको घडिलाई सबै मिलेर पार गर्ने उदेश्यका साथ राहत, सहयोग सामाग्री तथा जनचेतनाको कार्य एकद्धारबाट गर्ने गरि व्यवस्था मिलाइएको हुँदा कुनै पनि संघसंस्था व्यक्तिले आफू खुशी यस प्कारको कार्य नगर्न नगराउन जानकारी गराईन्छ,’ विज्ञप्तीमा भनिएको छ ।

‘सहयोग गर्न चाहेमा खाद्यान्न तथा जिन्सी सहयोगको हकमा सामाग्रीहरू आफैंसँग सुरक्षित राखि सो को परिमाणात्मक विवरणसहित सहयोग गर्ने आसयको पत्र इमेल गर्न तथानगद सहयोगको हकमा नगरपालिकाको राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखामा रहेको प्रकोप व्यवस्थापन कोष खाता नं ४०८०३०५०५०००२ मा नगद दाखिला गरी भौचारको प्रति संलग्न राखि नगरपालिकाको विपद व्यवस्थापनको ईमेल ठेगाना [email protected] मा जानकारी पत्र पठाई सहयोग गर्न सकिने अनुरोध छ ।’

प्राप्त सहयोगलाई नगरपालिकाले आवश्यकताको आधारमा वितरण गर्ने र दाताको विवरण सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ । साथै, नगरपालिकाको अनुमति विना यस प्रकारका गतिविधि भएको खण्डमा सम्वन्धित व्यक्ति, संघसंस्थाहरुलाई सो कार्य गर्नबाट रोकी नियमानुसार कारवाही गरि सहयोग गरिदिन स्थानीय प्रशासनलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया