उद्योग वाणिज्य संघद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

पाँचथर । पाँचथर उद्योग वाणिज्य संघद्वारा जिल्लाका स्थानिय तह साथै नेपाल रेडक्रस सोसाईटी, प्रहरी, स्वास्थ्यकर्मीलाई शनिबार विभिन्न कोरोना रोकथामका सामग्री हस्तान्तरण गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का उपाध्यक्ष राजेन्द्र राउतले पाँचथर उद्योग वाणिज्य संघलाई उपलब्ध गराएको हो । हस्तान्तरण गरिएका सामग्रीमा मास्क, सेनिटाईजरलगायत विभिन्न चिज रहेको उवासंघ पाँचथरका अध्यक्ष दिपक नेपालले बताए ।

हस्तान्तरण सामग्री जिल्ला प्रहरी कार्यालय पाँचथरलाई एक सय वटा मास्क र १ लिटर सेनिटाईजर फाल्गुनन्द गाउँपालिकाले तयार पारेको क्वारेन्टाईनका लागि एक सय थान मास्क, तुम्बेवा गाउँपालिकामा ५० थान, फिदिम नगरपालिकामा २ सय थान, ४ लिटर सेनिटाईजर वितरण भएको युवा व्यवसायी तथा उवा संघका महासचिव नवराज घिमिरले बताए ।

यस्तै, फिदिम १ मा रहेको मनस्वी होटलको तर्फबाट नेपाल रेडक्रस सोसाईटी फिदिम शाखाको लागि २ सेट पिपीई, फाल्गुनन्द गाउँपालिकाको क्वारेन्टाईनका स्वास्थ्यकर्मीका लागि २ सेट पिपीई वितरण गरिएको हो । रेडक्रस सोसाईटी नाँगिन उपशाखाकाले एम्बुलेन्स चालकलाई एक सेट, तुम्बेवा गाउँपालिकाका क्वारेन्टाईनका स्वास्थ्यकर्मीहरूका लागि एक सेट पिपीई, फिदिम नगरपालिकाको क्वारेन्टाईनको स्वास्थ्यकर्मीहरूका लगि ५ सेट पिपीई उवासंघ पाँचथरमार्फत हस्तान्तरण गरिएको अध्यक्ष नेपालले जनाए ।

त्यस्तै, जिल्लामा सुरक्षा व्यवस्थापनमा अहोरात्र खट्ने सुरक्षाकर्मीहरूका लागि सिद्धार्थ ट्रेडिङको तर्फबाट जिल्ला प्रहरी कार्यालय पाँचथरलाई ५ सेट पिपीई, मिनरल वाटर १० र काटुन वाईवाई चाउचाउ २५ काटुन उपलब्ध गराएको छ । विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना भाईरसको सतर्कता तथा चेतना फैलाउन उक्त सामग्री वितरण गरिएको उवासंघ अध्यक्ष नेपालले बताए ।

प्रतिक्रिया