लकडाउनको उल्लंघन, गाँउमा किसानलाई कामकै चटारो

मुगु । कोराना भाईरसको संक्रमण नफैलियोस् भनेर नेपाल सरकारले गरेको मंगलबारदेखि देशभर लकडाउनको घोषणा गरिएको भए पनि मुुगुका ग्रामीण क्षेत्रमा त्यसको प्रभाव देखिएको छैन । नेपाल सरकारले लकडाउनको घोषणा गरी नागरिकलाई होम क्वारेन्टाईनमा बस्न आग्रह गरेको भए पनि लकडाउनको उल्लंघन गरी नागरिकहरू रहर जस्तो मान्ने गरेका छन् भने कसैले लकडाउनका बारेमा जानकारी नभएर छाडा रूपमा हिँडडुल गरेका छन् ।

ग्रामणी भेगमा बस्ने नागरिकले लकडाउनका बारेमा बुझ्न नपाएर पनि गाउँमा प्रभाव नपरेको हो । बजार क्षेत्रमा लकडाउनको पालना गर्ने गरेका भए पनि गाउँमा कुनै पालाना भएको छैन् । तर, गाउँघरमा लकडाउनको वास्ता नगरी नागरिक काममा व्यस्त देखिएका छन् । नजिकै आएको चैते दशैँको तयारी घर लिप्नदेखि लिएर वर्षेबाली धान, कोदो लगाउँनकमा नागरिक व्यस्त छन् ।‘बिहानैदेखि खेतबारीको काममा व्यस्त छौँ, चैते दशैँ आयो त्यतै काममा व्यस्त छाैँ,’ छायाँनाथ रारा नगरपालीकाका दन्तु बिकले भने ।

गाउँघरमा लकडाउनका बारेमा नागरिकले थाहा नपाएपछि छाडारूपमा हिँड्ने गरेका छन् । लकडाउनको समय घरमै सुरक्षित बस्ने, भीडभाडमा नजाने, नियमित सरसफाई गर्नेजस्ता क्रियाकलाप गर्न नेपाल सरकारले होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको भएपनि गाउँमा जनचेतनाको अभावले नागरिक छाडारूपमा हिँड्ने, हात नधोई खाना खाने, भीडभाडमा जाने गरेका छन् । सदरमुकमा गमगढीमा भने सबैले लकडाउनको पालना गरेर बजार सुनसान बनेको छ । प्रहरी प्रशासन पनि बजार क्षेत्रमा परिचालित छन् ।

गाउँमा नत प्रहरी प्रशासन पुगेका छन् न स्थानीय सरकार वडा अध्यक्षले कोराना भाइरसका बारेमा नागरिकलाई सचेतना जगाएका छन् । त्यसैले पनि नागरिक छाडारूपमा हिँड्ने गरेको तथा जनचेतनाको कमिले ग्रामीण भेगमा लकडाउनको प्रभाव नपरेको नेपाल प्रत्रकार महासंघका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले बताए । उनका अनुसार यो समय स्थानीय तहले पनि आफ्नो वडा तथा बस्तीमा जनचेतना जोगाउनु पर्ने बताउँदै नागरिक सचेत भएर आ–आफ्नो क्षेत्रबाट सरकारको निर्णयलाई प्रभावकारी बनाउँनु पर्ने र सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने बताए ।

तथ्यांक नहुदाँ झनै त्रसित

काठमाडौंलगायत विभिन्न शहरहरू तथा भारतबाट आ–आफ्नो घर आएका व्यक्तिको तथ्यांक नराखिँदा मुगुका नागरिक कतै कोरानाको संक्रमण भएका व्यक्ति जिल्लामा भित्रिए की भन्नेमा त्रसित छन् । बाहिरबाट आएका मानिस कोहि हेल्थ डेक्समा पुगेर आफ्नो स्वास्थ्य चेकजाँच गराएर घर फर्किएका छन् भने कोहि चोर बाटो प्रयोग गरी घर फर्किएकाले मुगुमा कोरानाका संक्रमण भएका व्यक्ति त भित्रिएनन् भन्नेमा त्रासको पैदा भएको नागरिक अगुवा बताउँछन् ।

बाहिरी जिल्लाबाट आएको तथ्यांक संंकलन गरीनु पर्ने १४ दिनसम्म क्वारेन्टाईनमा राख्नुपर्ने भए पनि मुगुमा समान्य चेकजाँचले नागरिकलाई घर पठाईएको छ । ‘यस्तो गर्नु भनेको संक्रमण निम्त्याउनु हो’, छायाँनाथ रारा नगरपालीका १ का नरेश शाहीले भने । बाहिर जिल्लाबाट आएकाहरूलाई तत्काल नदेखिए पनि पछी देखिन सक्छ । त्यसैले बाहिरबाट आएकाहरूलाई क्वारेन्टाईनमा नराखी समान्य चेकजाँजले घर पठाईएको छ ।

कामको शिलशिलामा भारत गएका पनि यो समय घर आएका छन् । उनिहरूको अवस्थाको बारेमा सम्बन्धित सरोकारवाला, स्थानीय सरकारले तथ्यांक संकलनमा चासो नदेखाउँदा नागरिकमा कोरानाको संक्रमण भित्रिएको भन्ने शंका पैदाले नागरिक त्रसित भएका छन् । सोरु गाउँपालीका, खत्याड गाउँपालीका, मुगुमकामारोगं गाउँपालीका र छायाँनाथ रारा नगरपालीकाका विभिन्न गाउँमा भारतलगायत बाहिर जिल्लाबाट आएका व्यक्तिको तथ्यांक संकलन, कोरोना संत्रमण न्युनिरण गर्न र जनचेतना जगाउँन स्थानीय तहहरूले प्रभावकारी काम नगरेको स्थानीयको आरोप छ ।

माक्सको अभाव

मुगुमा माक्सको अभाव भएको छ । माक्स नपाएर नागरिकहरू खुल्ला मुखमा हिँड्न बाध्य भएका छन् । नियमितरूपमा माक्सको प्रयोग गर्ने भनीए पनि नागरिकले माक्स बजारमा पाएका छैनन् । माक्स नहुदाँ नागरिक हैरानीमा परेका छन् । कोही नागरिकले माक्स प्रयोग गर्ने गरेका भए पनि एउटै माक्स प्रयोग गर्नाले मैला पनि प्रयोग गरेका छन् ।

प्रतिक्रिया