कोरोना संक्रमित युवतीको परिवारको रिपोर्ट नेगेटिभ

काठमाडौं । फ्रान्सबाट आएकी कोरोना भाइरस संक्रमित युवतीको परिवारका सदस्यहरुको सबै सदस्यकाे रिपार्ट नेगेटिभ आएको छ ।

संक्रमित युवती भने डिस्चार्ज नभएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। अस्पतालमै उपचाररत काठमाडौंकी १९ वर्षीया युवती निको भएर डिस्चार्ज भएको समाचार शुक्रबार भाइरसल भएको थियो ।

उनी डिस्चार्ज नभै उपचाररत रहेको अस्पतालले जनाएको छ । अस्पतालले युवतीको स्वास्थ्य अवस्था स्थिर रहेको बताउँदै आइतवारसम्ममा दोस्रो परीक्षण सकिएपछि थप निर्णय लिइने जानकारी दिएको छ ।

अस्पतालका अनुसार कोरोना भाइरसको संक्रमणमा परेकी युवतीको परिवारका सदस्यहरु भने सुरक्षित रहेको पाइएको छ। टेकुस्थित राष्ट्रिय जनस्वाथ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीसँग सम्पर्क भएका परिवारका ६ सदस्यको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको हो । संक्रमित युवतीको दोस्रो परीक्षणको रिपोर्ट आउनै बाँकी छ। गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै फर्किएकी युवतीसँग यात्रा गरेका १५८ जना यात्रुको विवरण प्रहरीले लिइसकेको छ।

प्रतिक्रिया