भिडभाड हुने स्थानमा स्प्रे सुरू

काठमाडौं । काठमाडौं महानगरपालिकाले लकडाउन अवधिमा महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा (डिसइन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन थालेको छ । अत्यावश्यक सेवालाई निरन्तर प्रवाह गरिरहेको महानगरपालिकाले बुधबारबाट सो कार्यको थालनी गरेको हो ।

महामारीका रूपमा फैलिँदै गइरहेको कोरोना भाइरसको संक्रमण महानगर क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिएका छन् ।

‘महानगपालिकाले बढी भिडभाड हुने विरअस्पताल, भित्रि सहरका असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, कालीमाटी तरकारी बजारलगायतका स्थानमा कीटनाशक औषधी छर्कन सुरुवात गरेको छ ।

प्रतिक्रिया