लकडाउनले कालिकोट ठप्प

कालिकोट । नेपालभरी लकडाउन सुरु भएसँगै कालिकोटको सदमुकाम मान्म पनि सुनसान देखिएको छ । कालिकोटका ९ वटै स्थानिय तहका स्थानिय हाटबजार पनि सुनसान देखिएका छन् । यातायातका साधनहरू ठप्प हुँदा सुर्खेतदेखि हुम्ला, जुम्ला, मुगुसम्मका यात्रुहरू अलपत्र परेका छन् ।

मुगुको राराताल पुगेर आफ्ने गृह जिल्ला फर्कनेहरूको ओइरो छ । कालिकोटको सदरमुकाम मान्मसम्म पुगेका यात्रुहरू बन्दमा पर्दा भने सास्ती भएको बताएका छन् । कोरोना भाइरसबाट आपूm बच्न र अरूलाई बचाउन थालिएको महाअभियानले नागरिकलाई झन् त्रसित गराउने र चिन्ताको विषय भएको केही अगुवाहरूले बताउने गरेका छन् ।

 

कोरोनाबाट बच्न र बचाउन कालिकोटका ९ वटै स्थानिय तहले सचेतनामूलक पोष्टर, पम्पिलेट छापेर ठाउँ ठाउँमा टाँसेका छन् । स्थानिय तहले बाहिर देशबाट आउने नागरिकहरूको स्वास्थ्य परिक्षण गर्न हेल्थ डेक्स समेत राखेका छन् । स्थानिय तहका हाटबजार जिते, लालीघाट, शान्तिघाट, जारकोट, भूरावगर, थिर्पु, ताडी, मोल्फा, पिली, सेरावाडा, गाल्जे, नाग्मलगाएतका हाटबजारमा सवारीसाधनहरू रोकिएका छन् ।

नागरिकहरू पनि डर, त्रासले बाहिर निस्कीएका छैनन् । सुरक्षाकर्मीहरू भने दिनभर सडकछेउमै बसेर गाडीहरू चेकजाँच गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले अवस्था सामान्य भएपछि मात्र आवतजावत गर्न दिइने बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया