काभ्रेमा राती १२ बजेदेखि ‘लक डाउन’

काभ्रे । काभ्रे जिल्लामा आज राती १२ बजेदेखि ‘लक डाउन’ हुने भएको छ । जिल्लाको १३ स्थानीय तह मध्ये पाँच गाउँपालिका र पाँच नगरपालिकामा लक डाउन गरिने भएको हो ।

लक डाउन हुनेहरूमा खानीखोला गाउँपालिका, रोसी गाउँपालिका, तिमल गाउँपालिका, भुम्लु गाउँपालिका, महाभारत गाउँपालिका रहेका छन् भने नगरपालिकाहरूमा बनेपा नगरपालिका, धुलिखेल नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका र नमोबुद्ध नगरपालिकामा लक डाउन गरिने भएको हो ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको सन्त्रासले उक्त लक डाउन गर्न लागिएको छ । देशका अन्य विभिन्न जिल्लाहरूमा पनि लक डाउन गरिएको छ ।

प्रतिक्रिया