कोरोना भाइरसका संक्रमित काठमाडौंमा भेटियो

काठमाडौं । काठमाडौंमा कोरोना भाइरसबाट संक्रमित बिरामी फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएकी युवतीमा कोरोनाको संक्रमण पुष्टि भएको सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

१९ वर्षीय एक युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको र अहिले उनलाई टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखिएको छ । युरोपमा महामारी फैलिएपछि उनी फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएको बताइएको छ । नेपाल आएपछि उनी होम क्वारेन्टाइनमा बसेकी थिइन् ।

प्रतिक्रिया