‘प्रेमगीत ३’ रिलिज स्थगित

काठमाडौं । अभिनेता प्रदीप खड्का अभिनीत चलचित्र ‘प्रेम गीत २’ को प्रदर्शन मिति प्रभावित भएको छ । संसारभरी महामारीको रुप लिँदै गएको कोरोना भाइरसको त्रासका कारण सरकारले वैशाख १८ गतेसम्म सम्पूर्ण चलचित्र हल बन्द गर्न दिएको निर्देशनका कारण यसको प्रदर्शन मिति सरेको हो ।

नयाँ वर्ष २०७७ को अवसर पारेर २८ चैतदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्र केही समयका लागि रिलिज स्थगित गरिएको निर्माण पक्षले जनाएको छ । निर्माता सन्तोष सेनले चलचित्रको रिलिज स्थगित गरिएको जानकारी दिँदै भने, ‘पोस्ट प्रोडक्सन कसरी सकाउने भन्ने हतारो थियो । अब फुर्सदले काम गर्न पाइने भयो ।’ उनले चलचित्रको केही सुटिङको काम बाँकी रहेकाले फुर्सदमा सुटिङ सकाउने बताए ।

टिजर र दुई गीत सार्वजनिक गर्दै आक्रमक प्रचार प्रसारमा जुटेको निर्माण टिमले तत्कालका लागि चलचित्रको सबै काम रोक्ने जनाएको छ । चलचित्रमा अभिनेता शिव श्रेष्ठ, प्रदीप खड्का, मनिष राउत, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, लक्ष्मी वर्देवा, समृद्धि शाही ठकुरी, प्रेम पुरी, योगिशा खत्री, जीवन भट्टराई लगायतका कलाकारको अभिनय छ ।

ऐतिहासिक प्रेमकथामा आधारित यो चलचित्रमार्फत अभिनेत्री क्रिस्टिना गुरुङले डेब्यू गरेकी छन् ।

प्रतिक्रिया