पाँचथरमा क्वारेन्टाइनको पूर्वतयारी

पाँचथर । जिल्लामा क्वारेन्टाइनको रूपमा निजी तथा सरकारी अस्पतालका बेडमा राख्ने तयारी भएको छ । आतईबार बसेको जिल्लकाका सरोकारवालाहरूको बैठक र पैरविले अभियान सुरु गर्ने जनाएको छ । जिल्ला स्वास्थ्य समन्वय समितिका संयोजक बिष्णुप्रसाद सापकोटाको अध्यक्षतामा भएको उक्त छलफलमा सबैले कोरोना भाइरसबारे सचेतना र व्यवस्थापनमा लाग्न आग्रह गरेका छन् ।

नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी, सरकारी कार्यालयका प्रमुख नेपाल रेडक्रस, सञ्चार, उद्योग व्यवसायीहरूलाइ अनुरोध गरीएको छ । बिरामी राख्ने निजी तथा सरकारी अस्पताल, जिल्ला अस्पतालमा ४०, पाथिभरा हेल्थ केयरमा २०, समर्पित अस्पतालमा ३०, राँके रेडक्रश शाखा भवनमा १० बेडको व्यवस्थापन गरीने जनाइएको छ । जिसस प्रमुख सापकोटाले सबैपालिकाका वडास्तरीयका जनप्रतिनिधि कर्मचारीहरूलाइ सचेतनाका लागि जिससले सर्कुलर गरेकोसमेत जनाइएको छ ।

पाँचथरको सिमा राँके बजारमा स्वास्थ्य डेक्सको स्थपाना गरीने फाल्गुनन्द पालिकाका अध्यक्ष बिरबहादुर कुरुङवाङले बताए । उनले पालिकाबाट निःशुल्क माक्ससमेत वितरण गरिने बैठकमा प्रतिबद्धता जनाए । पालिका प्रमुख प्रशासकिय अधिकृत अनिल तिखत्रीले दक्ष स्वास्थ्य कर्मीको व्यवस्था मिलाउन र सचेतनाको ओरेन्टेसन गर्नुपर्ने आग्रहसमेत गरे ।

त्यहाँस्थित रेडक्रश शाखा भवनमा बिरामी राख्ने सामाग्रीको व्यवस्थापन मिलाउन सरोकारवाला र पालिका लागी पर्ने स्वास्थ्य कर्मीहरूलाइ कोरोनाबाट बच्ने उपायबारे सचेनताको आवश्यकता रहेको अधिकृत तिखत्रीको छ । नेपाली सेनाले तत्कालै जनसक्ती आवश्यकता परेमा प्राथमीकता दिने भइरवी दल गणका गणपति सरोजकुमार रानाले व्यक्त गरे । त्यस्तै, फिदिम नगर बजारमा सार्वजनिक स्थलमा तीन ठाउँमा हात धुने पानी टयांकीको स्थापना गरिने पाँचथर वाणिज्य संघका अध्यक्ष दिपक नेपालले सौर्य दैनिकलाई बताए ।

रोग लाग्नु अगावै स्वास्थ्य रहन पर्ने, रोग लागी सकेकालाई स्वास्थ्य उपचारका लागि राख्न पूर्वतयारीमा रहेको सिडिओ अर्जुन शर्माककाे भनाइ थियो । फिदिम नगर प्रमुख ओनाहाङ नेम्वाङले पाँचथर सीमानाहरूमा छिमेकी जिल्लाहरूमा जिससले संमन्वय भूमीका निभाउँन सुझाव दिए । नगरपालिकाले खेल्नु पर्ने भूमीकालाई मध्यनजर गरी योजना बनाउँन सरोकारवालाहलाइ नेम्वाङले निर्देशन दिए । रेडक्रश शाखाले आकस्मीक एम्बुलेन्सको व्यवस्थापन गर्ने रेडक्रश जिल्लासभापति कृष्ण बास्कोले प्रतिबद्धता जनाए ।

बैठकमा हेल्थ डेक्सको स्थापना गरिए पनि चेकजाँचको उपकरण भने नभएको र खोजीको विषयमा चासो रहेको थियो । बैठकमा राजनैतिक दल, नेकपा जिल्ला अध्यक्ष राजकुमार भण्डारी, नेकाका सभापति नरेन्द्रकुमार केरुङलगायत सरोकारवालाहरूको उपस्थिति थियो । जिससले कोरोनाको सम्बन्धमा जिल्लाका कृयाशिल सञ्चारकर्मीहरू माझ छलफल गरेको छ । यता कोरोना भाइरसबारे जनाकारी पुर्याउन पाँचथर अस्पतालका प्रमुख बुद्धिबहादुर थापाको नेतृत्वमा तिन सदस्य समूह गठनसमेत गरिएको छ ।

प्रतिक्रिया