वडा कार्यालयद्वारा निःशुल्क माक्स वितरण

प्युठान । प्युठान जिल्लाको झिमरुक गाउँपालिका–६ तोरवाङले आईतबार कोरोना भाइरसको प्रकोपबाट बच्नका लागि वडाभित्रका जनतालाई एक हजार ६ सय मास्क वितरण गरेको छ । झिमरुक गाउँपालिका– ६ का जनप्रतिनिधि तथा कर्मचारीले बजारमा माक्सको कालोबजारी भइरहेको भन्दै आफुहरूले निःशुल्क माक्स वितरण कार्य सुरु गरेको बताए ।

वडा कार्यालयमार्फत सचेत रहन आग्रह गर्दै माक्स वितरण गरीएको वडाध्यक्ष निमान सिंह जिसीले जानकारी दिए । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसबाट बच्नको लागि जनतालाई सचेततासँगै माक्स वितरण गरेको वडा सचिव ऋषिराम भुसालले जानकारी दिए ।सामाजिक सञ्जालमा गलत प्रयोगले समाजमा नकारात्मक प्रभाव परेकोले यतिर्फ सबै सजक हुनुपर्ने वडा सदस्य हेमराज भट्टराईले बताए ।

कार्यक्रममा तोरवाङ स्वास्थ्य संस्थाकी प्रमुख सुमित्रा थापा ढकालले स्थानीय जनतालाई सचेत र तयारी रहन आग्रह गर्दै सबै बस्तिहरूमा कोरोना भाइरसको प्रकोप सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिरहेको बताइन् । सामान्य रुघाखोकी लाग्ने, ज्वरो आउने टाउको दुख्ने गरेमा सचेत हुन भन्दै उपचारको लागि स्वास्थ्य संस्थामा जानुपर्ने उनले बताइन् ।

त्यस्तै, मरन्ठाना प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक टिका कुँवरले कोरोनाको महामारी बढ्न सक्ने भन्दै बाहिर बाट आउँने नयाँ मानिसलाई नीग्रानी गर्ने सामाजिक सद्भाव कायम गर्ने, साबुनपानीले हात धुन सुझाव दिएको बताए । उनले भने, ‘बजारमा कालोबजारी हुनसक्ने भन्दै बजार अनुगमन गर्ने र यसो नगर्न स्थानीय व्यापारी तथा उपभोक्तलाई सजक गराएका छौँ ।’ उक्त कार्यक्रममा जनप्रतिनिधि स्थानीय जनता स्वास्थ्य कर्मी लागाएतको उपस्थिति रहेको थियो ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया