इटालीमा एकैदिन करिब ८ सयको मृत्यु

एजेन्सी, इटाली । कोरोना भाइरसको संक्रमण रोक्न इटालीले आफ्नो अति प्रभावित लोम्बर्डी क्षेत्रमा थप कडा नियमको घोषणा गरेको छ। लोम्बर्डीमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३ हजार ९५ जनाको मृत्यु भइसकेको छ। शनिबार अबेर भएको घोषणा अनुसार घर बाहिर कुनै पनि प्रकारको खेल तथा शारिरिक गतिविधि ९व्यक्तिगतसमेत० गर्न पाइने छैन। यसैगरी ‘भेन्डिङ मेसिन’को प्रयोगमा पनि उसले प्रतिबन्ध लगाएको छ।

शनिबार एकैदिन इटालीमा करिब ८ सय जनाको संक्रमणबाट मृत्यु भएपछि उसले यस्तो नियम लगाएको हो। हालसम्म इटालीमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ। यो कुनै पनि देशमा कोरोना भाइरसबाट भएको सर्वाधिक मृत्यु हो।

त्यहाँ ५३ हजार ५ सय ७८ जनामा संक्रमण पुष्टि भइसकेको छ। यसैगरी ६ हजार ७२ जना निको भएर घर फर्किएका छन्। पूरै इटालीमा लोम्बार्डी सबैभन्दा बढी प्रभावित क्षेत्र हो जहाँ संक्रमण फैलिएयता ३ हजार ९५ जनाको निधन भइसकेको छ।

सो क्षेत्रका अध्यक्ष एटिलियो फन्टानाले एक विज्ञपतिमार्फत नयाँ नियमहरूको घोषणा गरेका हुन्। उनले अत्यावश्यक वितरण प्रणालीबाहेकका सम्पूर्ण व्यवसाय बन्द गर्न भनेका छन्। अस्पताल, सडक र रेल क्षेत्रमा गरिने कामका अलावा भवन निर्माण क्षेत्र गरिने काममा रोक लगाइएको छ।

त्यसैगरी साप्ताहिक खुल्ला बजार पनि बन्द गर्न आदेश दिइएको छ। लोम्बार्डी क्षेत्र मार्च ८ देखि ुलकडाउनुमा रहँदै आएको छ।त्यसैगरी शनिबार इटालीका प्रधानमन्त्री जुसेप कोन्टेले देशभरका ुअनावश्यकु व्यापार बन्द गर्न आदेश दिएका छन्। उनले त्यस्तो आदेश दिएपनि आदेशमा कस्ता व्यापारलाई अनावश्यक मानिने हो त्यो भने विशिष्टिकृत गरेनन्।

नयाँ घोषणा अनुसार त्यहाँ सुपरमार्केट, औषधिपसल, हुलाक, बैंक तथा सार्वजनिक यातायात भने चालु रहनेछ। पछिल्लो विश्व विवरण अनुसार हालसम्म २ लाख २० जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने झण्डै ९ हजार जनाको ज्यान गइसकेको छ।

प्रतिक्रिया